अर्थ नेपाल काठमाडौं /टिच फर नेपालले आफ्नो अभियानमा सहयोग गर्ने बैंक तथा व्यवसायिक प्रतिष्ठानलाई सम्मानित गरेको छ ।
कार्यक्रममा एच एच बजाज, नेपाल इन्भेस्टमेन्ट बैंक, सुर्य नेपाल, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र पन्चकन्या ग्रुपलाई टिच फर नेपालको अभियानमा साथ दिएकोमा सम्मान गरिएको थियो ।
२०७० बाट सुरु भएको यस अभियानले कम्तीमा स्नातक गरेका उत्कृष्ट युवाहरूलाई ग्रामिण भेगका सार्वजनिक विद्यालयमा २ वर्षका लागि पठाउने गरेको छ । विभिन्न समुदायमा पठाउनु अघिदेखि २ वर्षसम्म यस अभियानले आफ्ना प्रज्ञार्तीहरूलाई नेतृत्व विकासको तालिम दिने गरेको छ ।
उक्त सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक समानताको लागि नयाँ र जागरुक जमातको खाँचो औँल्याउँदै नेपालको सार्वजनिक शिक्षामा परिवर्तन जरुरि रहेको र प्रज्ञार्थीहरुले निरन्तर शैक्षिक गुणस्तरकालागि ठूलो भूमिका खेलेको बताए । मन्त्री पोखरेलले अभियानमा नेपालका बैंक तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गरिरहेको देख्दा आफूलाई खुसी लागेको बताए ।
साथै टिच फर नेपालका बोर्ड सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले टिच फर नेपालको कामले ग्रामिण भेगका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधारसंगै देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न पनि सहयोग पुगेको बताए ।
यो अभियान शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा टिच फर नेपाल अभियान वि।सं। २०७० वैशाखदेखि ललितपुर, सिन्धुपाल्चोक र धनुषाका सार्वजनिक विद्यालयहरूमा कार्यरत छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij