
अर्थ नेपाल काठमाडौं /काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा यहि भाद्र २ गतेदेखि सुपर सेल मेला लागेको छ । विगतमा पनि विभिन्न चार्डपर्व तथा अन्य अवसर पारी यस्ता मेला गर्दै आएको यस मल्टिनेशन मलले यस पटक पनि ग्राहकहरुलाई विशेष छुट दिने उदेश्यले सुपर मेला आयोजना गरेको हो ।
उक्त मेलामा लेडिज, जेन्स् तथा बच्चाका लागि आकर्षक सामानहरु ग्राहकहरूले ५० प्रतिशत सम्मको आकर्षक छुटमा खरीद गर्न सक्नेछन् । आयोजित मेलामा सिभिल मलमा आएका ग्राहकहरूलाई समेत उपहारहरू वितरण गरिने सिभिल मल व्यपार संघका अध्यक्ष विजय कुमार महर्जनले बताए ।
यो मेला भाद्र २३ गतेसम्म चल्ने छ भने त्यस लगतै दशैंमेला पनि शुरु गरिने मलका मार्केटिङ्ग हेड अमिर ठकुरीले जानकारी दिए । सिभिल मल ग्राहकहरुलाई सपिङ्गको लागि सेन्टर पर्नुका साथै सबै सामानहरु एक छानामुनी पाउने सुविधा सम्पन्न मल्टिनेशन मल मध्य एक हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij