२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, एक वर्ष कैद

गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, एक वर्ष कैद

2K
Shares

अर्थ नेपाल  काठमाडौं/ विशेष अदालतले गुण्डा नाइके गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो।
तर, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले भने लामाले एक करोड ४० लाख ५० हजार मात्रै अवैध सम्पत्ति जोडेको ठहर गरेको हो।

उक्त सम्पत्ति लामाबाट जफत गर्न पनि अदालतको फैसलामा उल्लेख भएको विशेषका रजिष्टार भीमकुमार श्रेष्ठले बताए।
लामाका परिवारका अन्य ५ सदस्यलाई भने विशेषले सफाइ दिएको छ।
अहिले लामा अहिले हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij