२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गुणस्तर तथा नापतौल विभागद्धारा पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान

गुणस्तर तथा नापतौल विभागद्धारा पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान

2.4K
Shares

अर्थ नेपाल काठमाडौँ /विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।
भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई आर्थिक वर्ष २०७४÷७५ मा विभागले एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् ।
विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ ।
विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij