२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया

अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया

1.6K
Shares

डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

सरकारले संसद्‌मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो ।

आइतबार २ बजे सैद्धान्तिक छलफल सकिएलगतै विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको गणना सुरु भएको छ।

केसी र सरकारबीच बिहीबार राति उपत्यकाभित्र मेडिकल कलेज खोल्न १० वर्षसम्म नयाँ आशयपत्र नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायतका विषयमा सहमति भएको थियो। सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा यी कुरा नपरेकाले केसीले २७ दिनसम्म आमरण अनशन बसेका थिए।
आजको कान्तिपुर दैनिकमा यो खबर छ, केसीसँग भएका सहमतिका बुँदा समेटेर सरकारले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा. केसीबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्मा पठाइसकिएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij