२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकामा एक नेपाली माथि गोली प्रहार

अमेरिकामा एक नेपाली माथि गोली प्रहार

1.8K
Shares

अर्थ नेपाल अमेरिका /भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ। ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो।
भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ। बेहोस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो। घाइते श्रेष्ठका श्रीमानका अनुसार शरीरबाट केही गोली निकालिसकिएको र केही अझै निकाल्न बाँकी छन्। यद्यपी उनी होसमा आइसकेकी छन्।
गोली चलाएको थाहा पाएपछि अर्का ग्राहकले प्रहरीलाई खबर गरेका थिए। फरार अभियुक्तलाई प्रहरीले केही समयभित्रै पक्राउ गर्न सफल भएको थियो।
रचना श्रीमान र छोराको साथमा बस्दै आएकी थिइन्। साभार सेतोपाटी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij