
अर्थ नेपाल काठमाडौं/ गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी गराए । यससँगै बैकका शाखा संख्या ६८ वटा पुगेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij