२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चद्धारा ८८ किलो सुनकाण्डका दुई अभियुक्तलाई धरौटीमा छाड्न आदेश

सर्वोच्चद्धारा ८८ किलो सुनकाण्डका दुई अभियुक्तलाई धरौटीमा छाड्न आदेश

3.2K
Shares

अर्थ नेपाल 

काठमाडौं / ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई जनही ५ लाख धरौटीमा छाड्न भनेको हो ।
दुबैले प्रतिवादी गणेशदत्त वडूसँग पटक पटक फोन सम्पर्क भएको देखिए पनि सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको र सुन कारोबार गरेको अभियोग लागेका दत्त र सत्यनारायण अग्रवाल धरौटीमा छुटेकाले उनीहरुलाई पनि धरौटीमा छाड्न भनेको हो ।
दुबैले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij