२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वन्यजन्तु चित्तल मार्ने छ जना पक्राउ

वन्यजन्तु चित्तल मार्ने छ जना पक्राउ

1.6K
Shares

अर्थ नेपाल  कैलाली /कैलालीको टीकापुर नगरपालिका –२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् । पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ ।
यसैबीच, भारतको लखिमपुर निवासी अंकित बिच्छोतलाई त्रिनगर भन्सार सीमानाकाबाट सोमबार लागूऔषध नाइट्रोभेट ९२ ट्याब्लेट र स्पास्मो प्राक्सोभन २९ ट्याब्लेटसहित पक्राउ गरी अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij