
नेपालको कारागारको इतिहामा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ। नेपालको कारागारको एक सयवर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाँउमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्था विभागले जनाएको छ। सो ठाँउमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अघि बढाएको हो।
विभागका शाखा अधिकृत दीपक न्यौपानेले अहिले जारी मापदण्डसंहितामा भएको व्यवस्थाअनुसार बाँकेको गानापुरमा खुला कारागार सञ्चालनमा ल्याउन लागेको जानकारी दिए। खुला कारागारको व्यवस्था गरिएको दण्डसहिता भदै एक देखी लागू हुनेछ।
‘सम्पूर्ण संरचनाको तयार नभए पनि दण्डसंहिता गरिएको बाध्यकारी व्यवस्थाअनुसार थोरै संख्यामा भएपनि भदौदेखि खुला कारागार सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने। खुला कारागार निर्माण भइरहेको सो ठाँउमा अहिले दुईतले भवन निर्माण भइरहेको जानकारी दिँदै न्यौपानेले सोही भवनबाट नै भदौदेखि खुला कारागार सञ्चालन गरिने तयारी भइरहेको जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij