२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो बन्दैछ संघीय सुरक्षा व्यवस्था

यस्तो बन्दैछ संघीय सुरक्षा व्यवस्था

1.9K
Shares

सरकारले संघीय शासन व्यवस्था अनुहूल हुनेगरी संघीय नेपालको सुरक्षा व्यवस्थाको मार्गचित्रसहितको आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुनको विधेयक स्वीकृत गरेको छ।

गृह मन्त्रालयले तयार पारेको सुरक्षा मार्गचित्रसहितको विधेयकलाई कानुन मन्त्रालयमार्फत संसदमा पेस गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि कानुन निर्माण प्रक्रिया अघि बढेको छ।

गृह मन्त्रालयका अनुसार संघीय शासनमुताविक आन्तरिक सुरक्षासम्बन्धी नयाँ कानुन बन्न नसक्दा सुरक्षा व्यवस्थामा अन्योल र जटिलता थपिँदै आएको हो। अन्योल चिर्न गृह मन्त्रालयले पहिलो पटक आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुन बनाउन सक्रियता देखाएको छ।

‘आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी कानुन संघीय नेपालको सुरक्षा व्यवस्थाको स्पष्ट मार्गचित्र हो’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसैका आधारमा मुलुकको सुरक्षा व्यवस्था प्रभावकारी रूपमा अघि बढ्छ।’ संघी शासन लागू भएको साढे दुई वर्षसम्म पनि शासन प्रणालीअनुसार सुरक्षा कानुन बन्न सकेको थिएन।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij