२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सरकारलाई दिएको समर्थन फिर्ता लिने फोरमको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता लिने फोरमको चेतावनी

2.3K
Shares

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भिर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

यी दुई मधेसवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए।

‘एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश २ मा मधेसवादी गठबन्धनको सरकारलाई समर्थन दिनुका सार्थ संविधान संशोधन, मधेश आन्दोलनका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्न आश्वासन दिएको थियो, सोही कारणले मधेसवादी दलले समेत वाम गठबन्धनको समर्थन गरेको हो,’ सहअध्यक्ष कर्णले भने, तर माग पूरा गर्न सरकार गम्भिर भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछौं।’, यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij