२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्सेनि मर्छन् यार्सा टिप्नेहरु

बर्सेनि मर्छन् यार्सा टिप्नेहरु

1.7K
Shares

चैनपुर – बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।

यसपालि मर्नेमा उनी पहिलो हुन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ११ मा यो समाचार छापिएको छ ।

आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् ।

समाचारमा लेखिएको छ, घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ ।

यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसक्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij