२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गजलकार डा. प्रदीप मैनालीले ल्याए ‘नसुतेको रात’

गजलकार डा. प्रदीप मैनालीले ल्याए ‘नसुतेको रात’

1.9K
Shares


अर्थ नेपाल काठमाडौं /गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन् ।
८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।
कार्यक्रममा किरणले ‘नसुतेको रात’ गजल उत्कृष्ट रहेको बताए । ‘यो गजलमा बिम्ब, प्रतिक, लक्षणा, वेञ्जनालगायत प्रयोग गरिएको छ,’ उनले भने, ‘यो साच्चिकै गजल हो ।’
मैनालीले दुई वर्ष अघि बैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij