२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

६० तोला सुनसहित भारतीय नागरिक पक्राउ

६० तोला सुनसहित भारतीय नागरिक पक्राउ

1.1K
Shares

काठमाडौं/ दुबईबाट आएका भारतीय नागरिकको जुत्ता भित्र ६० तोला सुन भेटियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईको एफजेट ८०१७ नम्बरको उडानबाट बिहिबार बिहान विमानस्थल उत्रिएका भारतीय नागरिक सर्फराज रहमानले जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा ६० तोला सुन बरामद भएको प्रहरीले जनाएको छ।
भन्सार पार गरी बाहिर निस्कने बेला शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। भारतको हैदरावाद घर भएका उनी फ्लाइ दुबईको विमानबाट दुबईबाट काठमाडौं आएका थिए। बरामद सुनको नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ पर्छ।  पक्राउ परेका सर्फराजका बारेमा थप अनुसन्धान भईरहेको बिमानस्थल प्रहरीले जनाएको छ। @ Setopati

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij