
अर्थ नेपाल दाङ/ राप्ती आँखा अस्पताललाई नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व. डा. अल्वर्ट कोलस्टाडको परिवारले पाँच लाख सहयोग गरेको छ ।
मंगलबार स्व. अल्वर्टका श्रीमती डा. सिसेल हल्डेन, छोरा डा. हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई पाँच लाखको चेक सहयोग हस्तातरण गरेका हुन् ।
कार्यक्रममा अल्वर्टकी श्रीमती डा् सिसेल हल्डेनले राप्ती आँखा अस्पताललाई भौतिक र प्राविधिक सहयोग गर्ने बताएकी छिन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij