२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आइएमई फाउन्डेशनले अभिभावक विहिन १५ विद्यार्थीको पालनपोषण गर्ने

आइएमई फाउन्डेशनले अभिभावक विहिन १५ विद्यार्थीको पालनपोषण गर्ने

1.8K
Shares

अर्थ नेपाल काठमाडौं /आइएमई फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालस्थित बाल मन्दिरमा आश्रय लिइरहेका १५ जना छात्रछात्राहरुलाई पालनपोषण गर्ने भएको छ।
विभिन्न कारणले अभिभावक विहीन १५ जनाको शिक्षण शूल्क, खाना र आवासीय खर्च, पाठ्यसमाग्री, भइपरी आउने प्राथमिक उपचार खर्च, शैक्षिक भ्रमण, पोशाक र लत्ताकपडा लगायतका सम्पूर्ण खर्चको दायित्व फाउन्डेसनले वहन गर्ने आइएमईले जनाएको छ।
फाउन्डेसनका अनुसार सानोगौचरस्थित महेन्द्र भवन माध्यामिक विद्यालयमा बुधबार ति विद्यार्थीलाई भर्ना गरिएको छ। यसरी भर्ना गरिएका विद्यार्थीहरूको कक्षा १२ सम्मको सम्पूर्ण खर्च आइएमई फाउन्डेसनले बहन गर्ने बताइएको छ।
सो अवसरमा फाउन्डेशनका सचिव अन्जली अर्याल, विद्यालयका प्रधानाध्यापक राकेश रौशन लगायत अधिकृतहरू सहभागी थिए। सो अवसरमा अर्यालले आजका बालबालिका भोलिको देशका कर्णाधार र राष्ट्र विकासका आधार’ भएकाले मानवीय पूँजीको गुणस्तरीय शिक्षामा कटिबद्ध रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij