२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गर्मीसँगै विभिन्न रोगको समस्याः सतर्क रहन आग्रह

गर्मीसँगै विभिन्न रोगको समस्याः सतर्क रहन आग्रह

1.1K
Shares

काठमाडौं – काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुमा गर्मी मौसमको सुरुआतसँगै गर्मीका कारण उत्पन्न रोगका बिरामीहरुको चाप ह्वात्तै बढ्न थालेको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्यामा शतप्रतिशत वृद्धि भएको छ भने अन्य अस्पतालमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी प्राप्त भएको छ ।

गर्मी मौसम सुरु भएसँगै विशेष गरी बालबालिका बढी प्रभावित भएका छन् भने अन्य उमेर समूहका बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ ।

चिकित्सकहरुले उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या आएको भन्दै सतर्क रहन सबैसँग आग्रह गरेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मी मौसमको सुरुवातसँगै टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने गरेको उनले जानकारी दिए ।

गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij