२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रेरणादायी जिवन

प्रेरणादायी जिवन

3.5K
Shares
डा. दिपक रेग्मी, एसोसियट प्राध्यापक काठमाडौं मेडिकल कलेज एण्ड शिक्षण अस्पतालडा. दिपक रेग्मी, एसोसियट प्राध्यापक काठमाडौं मेडिकल कलेज एण्ड शिक्षण अस्पताल

 

 

 

मानिसमा दृढ इच्छा शक्ति भएको खण्डमा जस्तो सुकै अभावमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन डा. दीपक रेग्मी । धादिङ जिल्लाको कटुञ्जे गाविसमा मध्यम परिवारमा २०३६ सालमा जन्मेका दीपकले आफ्नै मेहनत र परिश्रमले अहिले केएमसी अस्पतालमा एसोसियट प्रोफेसरको रुपमा कार्यरत छन् । नाक, कान तथा घाँटी रोग विशेषज्ञ दीपकले उच्च शिक्षा हासिल गर्दा कुनै शुल्क बुझाउन परेन । मेहनतका साथ अध्ययन गरेको कारण उनले सबै शिक्षा छात्रवृत्तीमा पुरा गरेका हुन । दीपकले कक्षा ६ सम्मको शिक्षा गाउँबाट लिए भने काठमाडौंको तरुण माविबाट एसएलसी पुरा गरे । ग्रामीण भेगबाट काठमाडौं आएका उनले स्कुलको प्रवेश परिक्षामा अंग्रेजी विषयमा शुन्य ल्याएका थिए । गाउँको विद्यालयमा सधै प्रथम हुने काठमाडौंको विद्यालयमा त्यो नतिजा आए पछि उनले कडा मेहनतका साथ अध्ययन गर्न थाले । त्यसपछि उनी कहिले परिक्षामा फेल भएनन् । सधै प्रथम हुँदै उच्च शिक्षा हासिल गरे । उनी तरुण स्कुलका अंग्रजीका शिक्षक कुञ्जमणी गौतमलाई कहिले विर्सन नसक्ने बताउँछन् । उनी काठमाडौंमा एक्लै बस्ने गर्दथे । सबै काम आफै गरेर अध्ययनलाई अघि बढाए । हिजोको त्यो मेहनत नै आजको उनको सफलताको माध्यम थियो । कोठामा एक्लै सुत्न डराएर घरपेटीको छोरालाई साथी बोलाउने गर्दथे । कक्षा आठमा पुगेपछि मात्रै एक्लै सुत्न सकेको डा. दीपक आफ्नो विगत सम्झन्छन् । पढाईमा अब्बल दीपक असल, मेहनती, लगनशिल र जिम्मेवार पनि थिए । आफ्नो परिवारको आर्थिक अवस्थाले उनलाई कहिले प्रगती गर्न छेकेन । बुबा आमाले दुःख गरेर पठाएको खर्चमा नै उनी खुशी हुँदै आफ्नो जीवनको सुन्दर भविष्य बनाउने अभियानमा लागि रहे । उनले परिवारलाई सधै खुशी दिए । बुबा आमाको दुःखलाई नजिकबाट बुझेका उनले एसएलसी पछिको अध्ययनमा बुबाआमाले खर्च गर्नु परेन । सबै छात्रवृत्तमा अध्ययन गर्ने वातावरण बनाए । एसएलसीको परिक्षा दिएर गाउँ गएका उनी गाउँको विद्यालयमा हिसाव, विज्ञान र अंग्रेजी विषय पढाउन थाले । एसएलसीमा राम्रो नजिताका साथ उत्र्तिण भएका दीपकले त्यसपछिको शिक्षा राम्रो कलेजमा पढ्ने सोच बनाएका थिए । तर सबै कलेजमा फर्म सकिए पछि अमृत साइन्स कलेजमा अध्ययन गरेका उनले आईएसीमा राम्रो अंकका साथ उत्रिर्ण गरे । त्यसपछि उनको जीन्दगीमा दुई वटा बाटो आए, एउटा डाक्टर पढ्ने र अर्को गाउँकै स्कुलमा अध्यापन गराएर बस्ने । जीन्दगीको महत्वपूर्ण त्यो पलमा उनले डाक्टर अध्ययन गर्ने लक्ष्य लिए र आज डाक्टर मात्र होइन विशेषज्ञ भएका छन् । शान्त र अध्ययनशिल स्वभावका दीपकले एविविएस अध्ययनका लागि शिक्षा मन्त्रालयबाट छात्रवृत्तीको कोटामा नाम निकाल्न सफल भए । उनले काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालबाट एविविएस अध्ययन पुरा सके । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनले छात्रवृत्तिमा नै एमएस इएन्टी सर्जरीको अध्ययन सकेपछि २०१० बाट केएमसी कलेजमा कार्यरत रहेका डा. दीपक रेग्मी अहिले त्यहि एसोसियट प्रोफेसरको रुपमा समेत कार्यरत रहेका छन् ।

बुबा आमाको दुःखलाई नजिकबाट बुझेका उनले एसएलसी पछिको अध्ययनमा बुबाआमाले खर्च गर्नु परेन । सबै छात्रवृत्तमा अध्ययन गर्ने वातावरण बनाए ।

सकारात्मक सोचका धनी उनी सधै विरामीको सेवामा आफुलाई सर्मपित गरेका छन् । अहिले उनको काधमा विरामीको उपचार मात्र होइन दक्ष डाक्टर बनाउने जिम्मेवारी पनि छ । डा.दीपक रेग्मीले आफ्नो जिम्मेवारी कुशलता पुर्वक पुरा गर्दै आएका छन् । उनको सेवाबाट विरामी पूर्ण निको मात्र होइनन् पछि अरु विरामीलाई समेत सिफारिस गर्ने गरेको डा.दीपकको अनुभव छ । यसलाई उनी आफ्नो ठुलो सफलता मान्दछन् । कर्तव्य र जिम्मेवारी सगैं आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्ने डा. दीपक विरामीका लागि हरेक पल भगवान बनेर आउने गर्दछन् । उनले पैसालाई भन्दा बढि सेवालाई आफ्नो पहिलो सर्त बनाएका छन् । चार दशकको उमेरमा पुग्न लागेका डा. दीपक रेग्मी धेरै युवाका लागि प्रेरणाका स्रोत हुन । पैसा विना केहि गर्न सकिन्न भन्नेका लागि राम्रो उदाहरण हुन डा.दीपक  । कमजोर आर्थिक अवस्थाले मानिसलाई अगाडी बढ्न सक्दैन भन्ने कुरालाई उनले गलत सावित गरिदिएका छन् । ग्रामिण भेगमा जम्मिएर उनले पाएको सफलताको मुल कारक उनी नै हुन । उनी जुन स्थानमा पुग्न सफल भएका छन् त्यो सबै उनको लगनशिलता, मेहनत, त्याग र सर्मपनको उपज हो । उनको परिवारको उनलाई खर्च गरेर डाक्टर पढाउने अवस्था थिएन तर उनले कडा मेहनतका साथ अध्ययन गर्दै गए र सबैमा छात्रवृत्तीमा अध्ययन गर्न सफल भएका हुन । अहिले आएर पछाडी फर्केर हेर्दा उनी सबैलाई भगवानको सुन्दर उपहार सम्झन्छन् । उनी भन्छन्– ‘जुन वातावरणमा हुर्के बढे र आर्थिक अवस्था यो स्थानमा आउने थिएन । जुन सफलता पाएको छु एकदम खुशी छु ।’

आफ्नो परिवारको आर्थिक अवस्थाले उनलाई कहिले प्रगती गर्न छेकेन । बुबा आमाले दुःख गरेर पठाएको खर्चमा नै उनी खुशी हुँदै आफ्नो जीवनको सुन्दर भविष्य बनाउने अभियानमा लागि रहे । उनले परिवारलाई सधै खुशी दिए

नेपालमा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमि भएको उनको अनुभव छ । नाक, कान र घाँटी रोगको विशेषज्ञ भएको नाताले यस रोग संग सम्बन्धी जनचेतनाको कमि भएको महशुस डा. दीपक रेग्मीले गरेका छन् । रोगलाई सामान्य मान्दा पछि ठुलो समस्या निम्त्याउने हुँदा नाक, कान र घाटीको समस्यालाई समयमा नै उपचार गर्न आग्रह गर्दछन् । डाक्टरहरुको सहज पहुँच भएको हुँदा विरामीहरुलाई स्वास्थ्यमा खेलवाड नगर्न सबै नेपालीमा उनी विशेष आग्रह गर्दछन् । बायु प्रदुषणको कारण धेरै रोग लाग्न हुँदा यसबाट बच्ने उपायहरु अपनाउनु पर्दछ । नाक, कान र घाँटी शरिरको महत्वपूर्ण अंग भएको हुँदा यसमा लाग्ने रोगलाई सामान्य रुपमा नबुझ्न र सम्बन्धीत विशेषज्ञलाई देखाउनु पर्ने बताउँछन् । रोग अनुसारको डाक्टरसंग परार्मश गर्नु पर्दछ ।
जिन्दगीलाई यात्राको रुपमा बुझेका डा. दीपक रेग्मीले एक चोटी पाइने जीवनमा अरुको हितका लागि काम गर्नु पर्ने बताउँछन् । अरुको सेवामा जति खुशी अरुमा नपाइने उनको विश्वास छ । कडा मेहनत, दृढ इच्छा शक्ति र समयको महत्व बुझ्न सकेको खण्डमा सफलता प्राप्त गर्नलाई केहिले नछेक्ने उनी बताउँछन् । परिवारको साथ र सहयोगको कारण सफलताको शिखर चढ्दै गरेका डा. दीपक रेग्मी बुबा, आमा, श्रीमति दूई सन्तानका साथ खुशी जीवन विताइरहेका छन् । उनकी श्रीमति डा. आरती रेग्मी पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छिन् । सामान्य जीवन विताउन मन पराउने उनी विरामीको उपचार र सेवामा अझै योगदान गर्ने प्रण छ । डा. दीपक रेग्मीको ठुलो इच्छा भनेको आफ्नो जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नु र स्वास्थ्य क्षेत्रमा केहि नयाँ खोज गर्नु हो । स्वास्थ्य क्षेत्रमा डा. दीपक रेग्मी नक्षेत्र हुन ।

प्रस्तुति :  मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij