
अर्थ नेपाल संवाददाता
काठमाडौं /मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो वृहत कृषि प्रदर्शनी आयोजना हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा कृषि क्षेत्रको व्यवसायिक प्रवद्धन गर्ने उद्धेश्यले फागुन ३ गतेबाट सुरु
भएको मेला फागुन ६ गतेसम्म चल्ने छ
निशूल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनी प्रदर्शनीमा नेपालबाहेक भारत, चीन, ताइवान, मलेसिया, इजरायल, बंगलादेश, नेदरल्याण्डसहित विभिन्न ९ वटा देशका १२० वटा स्टल राखिने आयोजकले जनाएको छ।
आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको रहने त्यहाँ रहनेछन्।
प्रदर्शनीमा श्री किसान इनोभेसन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरापालन लगायतका विषयमा विभिन्न विज्ञहरुद्धारा प्राविधिक गोष्ठीको कार्यक्रम राखिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij