२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

साउन २५ गते नेपाल फेशन आइडलको अडिसन हुने

साउन २५ गते नेपाल फेशन आइडलको अडिसन हुने

2.2K
Shares

अर्थ नेपाल काठमाडौं/रशलाईट मिडियाको आयोजनमा हुन लागेको सौन्दर्य प्रतियोगिता नेपाल फेशन आईडलको यहि २५ गते राजधानीमा अडिसन हुने भएको छ । ललितपुरको भेल्भेट लन्ज  झम्सिखेलमा यो प्रतियोगिताको अडिसन हुनेछ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर आयोजना भएको यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।
नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । थप जानकारी नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिनेछ ।

अनलाईन फर्मको लागि यहाँ Click गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij