२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

वडाध्यक्ष बोहराको लेक लागेर मृत्यु

वडाध्यक्ष बोहराको लेक लागेर मृत्यु

2.6K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं / बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा मृत्यु भएको हो ।  गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल अछामका उपाध्यक्षसमेत रहेका थिए ।
बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij