
अर्थ नेपाल काठमाडौं/ नेपाल संगित क्षेत्रमा एउटा नयाँ कृतिमान कायम भएको छ । संगित क्षेत्रमा लागेका ९ जना चर्चित एंव लोकप्रिय गायक गायिकाको स्वर रहेको गीत साथी सधैको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा गायकगायिका स्वंयले अभिनय गरेका छन् । त्रिविका संगितका उत्पादन रहेका उनीहरुले साथीको सम्बन्ध र मायालाई गित तथा भिडियोबाट देखाउन खोजेका छन् ।
यस गीतमा सुरेन्द्र श्रेष्ठ, रुपकमल क्षेत्री, जितेन्द्र चौधरी, बेनुका राई, गंगा लामा, प्रकाश गुरुङ, उर्मिला गुरुङ, गोकुल लिम्बु र भुपु पाण्डेको स्वर रहेको छ । अहिलेका व्यस्त एंव लोकप्रिय संगितकार सुरेन्द्र श्रेष्ठको संगित रहेको यस गीतमा शंकर ज्वालाको शब्द सृजना रहेको छ ।
अमृत सुनुवारको निर्देशनमा तयार भएको भिडियोलाई अभेश बज्रचार्यले छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij