
पोखरा /नेपाली काँग्रेसका नेता एवं पूर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीले काँग्रेसले बाहेक अन्य पार्टीले मुस्ताङ्गको विकास गर्न नसक्ने बताएका छन ।
मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकाका ५० भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश समारोहमा नेता गौचनले सो कुरा बताएका हुन ।
कार्यक्रमा विभिन्न पार्टीमा आवद्ध रहेका युवाहरुले काँग्रेसको विकल्पमा कुनैपनि राजनीतिक शक्ति हुन नसक्ने ठहर गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।
कार्यक्रमा पुर्व मन्त्री समेत रहेका काग्रेस नेता गौचनले नव प्रवेशि युवाहरुलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरे ।सो अवसरमा नेता गौचनले काग्रेसमा जुझारु युवाहरुको आवश्यकता रहेको बताए ।
सो अवसरमा नेता गौचनले युवाहरुको पार्टी प्रवेशले नेपाली काँग्रेस मुस्ताङ्ग थप बलियो मजबुत भएको बताए । उनले नव प्रवेशि युवाहरुलाई मुस्ताङ्गको विकासको जिम्मा युवाको हातमा छ ।भन्दै अव मुस्ताङ्ग दुर्गम र हिमाली मात्रै होइन समृद्ध मुस्ताङ्ग बनाउनुपर्नेमा जोड दिए ।
उनले भने— भारत र चीनको चासोको रुपमा रहेको मुस्ताङ्गको विकासमा नेपाल सरकारको लगानीमा सडक निर्माणले गती लीएको छ ।
उनले मुस्ताङ्ग जिल्लामा मात्र यस आर्थिक बर्षमा ७ अर्ब भन्दा बढिको बजेट सडकमा मात्र विनियोजन भई काम समेत शुरु भएको बताए ।
यसरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा अरुण गुरुङ्ग, विकाश थकाली, शुकबहादुर गुरुङ्ग ताङ्गवे, खेमलाल गुरुङ्ग ताङ्गवे, सन्देश गुरुङ्ग ताङ्गवे, बिरमल कुमार गुरुङ्ग ताङ्गवे, शिब गुरुङ्ग ताङ्गवे, अन्जित गुरुङ्ग ताङ्गवे, सुपिन गुरुङ्ग ताङ्गवे, रोशन गुरुङ्ग ताङ्गवे, सुमित थकाली, विकल थकाली, दिपक थकाली,, दिले थकाली, विक्रम थकाली, निरजन थकाली, कृतीजंग थकाली, र संगम थकाली रहेका छन् । त्यसैगरि घरपझोङ्गकै सुरेन्द्र प्रसाद गुरुङ्ग, आशबहादुर गुरुङ्ग, सेतेलाल गुरुङ्ग, साहिल गुरुङ्ग, कर्माबिर गुरुङ्ग, नारायणप्रसाद गुरुङ्ग, विमल गुरुङ्ग, आश्विन गुरुङ्ग, निकिता गुरुङ्ग, पेमा हाङने गुरुङ्ग, सन्त गुरुङ्ग, सिमोना गुरुङ्ग, अम्बिका गुरुङ्ग, रुक्सा गुरुङ्ग र साइमन गुरुङ्ग रहेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij