
अर्थ नेपाल काठमाडौं/ तराईका बाढीपीडित नेपालीहरुका लागि मानव बिकास समाज नेपालले राहत सहयोग गरेको छ। मानव बिकास समाज नेपालले पनि ूकुनै पनि प्रकोप वा प्राकृतिक बिपत्तिबाट पीडित एक स्थानको नेपालीलाई अर्को स्थानको नेपालीले विशुद्ध मानवता ,करुणा र राष्ट्रिय एकताको भावनाले सक्दो राहत सहयोग गर्नु भन्दै आफ्ना सदस्य र शुभेच्छुकहरुमा अनुरोध गर्दा स्वतस्फूर्त सँकलित रकम रु. ७७,१४८ (सतहत्तर हजार एक सय अठ्चालिस) धुर्मुस सुन्तली फाउण्डेसन मार्फत सहयोग गरेको संस्थाका अध्यक्ष रबीन्द्र श्रेष्ठले बताएका छन् ।
तत्कालीन लियो क्लब अफ काठमाडौं शिवपुरीका भु.पू.अध्यक्ष, ब्लड डोनर्स एसोसिएसन नेपाल(ब्लोदान) काठमाडौं जिल्ला शाखा(उत्तरी भेग,महाराजगन्ज क्षेत्र का सँस्थापक तथा निवर्तमान अध्यक्ष, मँगल आरती बचत तथा ऋण सहकारी सँस्था लि.र मँगल आरति इन्भेस्टमेन्ट प्रा.लि का अध्यक्ष र काठमाडौं विद्याकुञ्ज मा.वि.का सँस्थापक निर्देशक तथा नेपाली काँग्रेस पार्टी टोखा नगर ४ नँ वडा कार्यसमितिका सभापति समेत रहनुभएका अध्यक्ष श्रेष्ठका अनुसार मानव बिकास समाज नेपालले स्थानीय भूगोल र सिमित क्षेत्रमा मात्रै सँकुचित नभएर यस अघि पनि पटकपटक पश्चिममा महाकाली नदि र पूर्वमा कोशीको कारण गएको बाढी पहिरोको बिपत्तिबाट प्रभावितहरुको राहतको लागि समेत यसरी नै सक्दो सहयोग गरेको थियो। भने भूकम्प पीडितहरुलाई स्थलगत राहत बितरण गर्नुको साथै प्रभावित विद्यालय र गरिब विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको थियो।साथै समाजले समुदायमा मानवीय सेवाभावले विभिन्न सँस्थासितको सहकार्यमा निरन्तर रक्तदान कार्यक्रम,खेलकुद प्रतियोगिताहरु,सरसफाइ, नेतृत्व तथा व्यक्तित्व विकास तालिम आयोजना गर्ने र टोखाको सपनातिर्थ मेलाको दिन बैसाख १ गतेमा निःशूल्क जुस पानी बितरण गर्नुको अलावा अन्य सँस्थाहरुले गर्ने सामाजिक महत्त्वका कार्यहरुमा सक्दो सहयोग गर्दै आईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij