२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मोडल हन्ट नेपाल २०१७ सम्पन्न

मोडल हन्ट नेपाल २०१७ सम्पन्न

2K
Shares


अर्थ नेपाल काठमाडौं /मोडल हन्ट नेपाल २०१७ को उपाधि काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीया बिक्रम आदित्य महासेठ जित्न सफल भएका छन् ।
शनिबार सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा बिक्रम पुरुषलेतर्फ र अमृताले महिलातर्फको उपाधि जितेका हुन् । बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् । अमृताले मोष्ट फोटो जेनिक र सुपर मोडलको समेत उपाधि हासिल गर्दा बिक्रमले सुपर मोडल समेत चुनिए ।
दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरेका छन् ।
प्रतियोगीतामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमस लक्की खड्गी र रमेशकुमार चौधरी घोषित हुँदा महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बने ।
रनवे, व्यक्तित्व बिकाश, आरजे, भिजे लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको प्रतिभा जान्ने निर्णायमा अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, रबिना देशराज श्रेष्ठ, राजभाइ सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मिलन एच आर राइ लगायत रहेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ सन्तोस घिमिरे बेष्टपर्सनालिटी, सुरज पन्त बेष्टफिजिक्स, सजल केसी मोष्टफोटोजेनिक, लक्की खड्गी मोष्टइस्टाइलिष्ट, बिनायक राज पोखरेल मोष्टचार्मिङ, निलकुमार राई मोष्टडिसिप्लेन, बिधान प्रदान मोष्टकन्जुलिटी, शिव वाग्ले कर्मसियल मोडल, सुमन श्रीपाल सोशलरेस्पोन्सिवल, नेसनजंग मल्ल पब्लिकच्वाइस, अनमोल श्रेष्ठ मोष्टपपुलर, प्रज्वाल श्रेष्ठ बेष्टवाक चुँनिदा महिलातर्फ साहिमा श्रेष्ठ बेष्टपर्सनालिटी, अम्बिका अधिकारी मोष्टफोटोजेनिक, गंगा लामा मोष्टइस्टाइलिष्ट, अञ्जली लुइटेल मोष्टचार्मिङ, यासा श्रेष्ठ मोष्टडिसिप्लेन, मयुस श्रेष्ठ मोष्टकन्जुलिटी, एकता कुबर कर्मसियल मोडल, अर्निका राजभण्डारी सोशल रेस्पोन्सिवल, सगुन अर्याल पब्लिकच्वाइस, बेष्टफिगर र मोष्टपपुलर, सिमरन खड्का बेष्टवाक उपाधि चुम्न सफल रहे ।
अहिलेसम्म आयोजना भएका मोडलितियोगीता भन्दा भिन्न स्टेजको डिजाइन तयार गरिएको प्रतियोगीता नेपाली मुलका युवायुवतीको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल उत्पादन गर्न सहायक सिद्ध हुने आयोजक नेष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहेका थिए । चार दर्जन बढी मोडलले बिभिन्न आकर्षक परिनका डिजाइनहरु क्याटवाक मार्फत र्याम्पमा प्रस्तुत गरेको कार्यक्रममा चर्चित संगीतकार कालिप्रसाद बास्कोटा र टिम इन्टरटेन्टमेन्टको कार्यक्रममा बिषेश प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij