२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सोट्टो–नेपाल पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर अन्तर्राष्ट्रिय सेल्स मिसनमा जाने

सोट्टो–नेपाल पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर अन्तर्राष्ट्रिय सेल्स मिसनमा जाने

3.5K
Shares

अर्थ नेपाल काठमाडौं /पर्यटन क्षेत्रको महत्वपूर्ण संस्था सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो) नेपाल सेल्स मिसनको नयाँ गन्तव्य देशमा जाने अन्तिम तयारीमा जुटेको छ । संस्थाले थाईल्याण्ड,कम्बोडिया,भियतनाममा नयाँ सेल्स मिसन अगाडि बढाएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, नेपाली दूताबास बैंककको सहयोगमा सोट्टो–नेपालका २० जना पर्यटन व्यवसायीहरु, पर्यटन बोर्डका प्रतिनिधि, नेपाल एयरलाईन्सका प्रतिनिधि लगायत विभिन्न पर्यटन संस्थाका प्रतिनिधिसहित पर्यटन क्षेत्रका ३० जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । सेल्स मिसन सेप्टेम्बर ८ देखि १५ सम्म संचालन हुने सोट्टो–नेपालले जनाएको छ । विगत वर्षहरुको मलेसिया,सिंगापुर,भारत,रसिया लगायत देशको सफलतापूर्वक सेल्स मिसन सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij