
सिरिया/ सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विद्युतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी सेनाको मृत्यु मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ ।
राक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्र पुनःजिहादीले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको थियो । राक्का प्रान्तमा आइएस लडाकूलक्षित यस हवाई आक्रमणमा सिरियन डेमोक्र्याटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको संयुक्त गठबन्धनले सहभागीता रहेको छ । गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादी विरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राक्का सहरको ६० प्रतिशत कब्जामा लिइसकेका थिए । सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij