२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ब्राजिलमा पानीजहाज डुबेर १९ जनाको मृत्यु

ब्राजिलमा पानीजहाज डुबेर १९ जनाको मृत्यु

3.7K
Shares

ब्राजिल/ ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयौं हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो ।

स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगु तर्फ गएको डुङ्गा दुर्घटना भएको समाचार लेखेको छ ।पछिल्लो विवरण अनुसार १९ जनाको शव उद्धारकर्ताले फेला पारेका छन् भने झन्डै तीस जना अझै बेपत्ता भएका छन् । पानी जहाज डुब्नुको कारण अहिले अहिलेसम्म पत्ता लाग्न नसकेको ती अधिकारीले बताएका छन् । अमेजन नदिका विभिन्न ठाउँमा बेलाबेलामा अत्याधिक यात्रु बोकेकोले यस्ता दुर्घटना हुने गरेको जनाएको छ । यस क्षेत्रमा यात्राका लागि जलमार्ग धेरै प्रयोग गर्ने गरिन्छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij