२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

७५८ .७ मिलियन अमेरिकी डलर पावरबल ज्याकपटको एकल बिजेता

७५८ .७ मिलियन अमेरिकी डलर पावरबल ज्याकपटको एकल बिजेता

2.6K
Shares

७५८ .७ मिलियन अमेरिकी डलर पावरबल ज्याकपटको एकल बिजेता

एजेन्सि/अमेरिकाको मासाचुसेट्स राज्यमा बिक्री गरिएको पावरबलको चिठ्ठाले अमेरिकी डलर ७५८.७ मिलियन अमेरिकी डलरको ज्याकपट जितेको छ। उक्त चिठ्ठाको बिजेता एकल रहेकोसमेत पावर बलको आधिकारीक वेब साईटले जनाएको छ ।

अमेरिकाको इतिहास मै दोस्रो ठूलो धनराशी भएको पावर बल चिठ्ठाका लागि  भाग्यशाली नम्वर तथा अमेरिकाको इतिहासमा एकल चिठ्ठाको टिकटद्वारा जितेको सबै भन्दा ठूलो धनराशी भएको भाग्यशाली ज्याकपट नम्वर थियो –

६, ७, १६, २३ र २६ तथा पावरबल नम्वर ४ थियो।

मासाचुसेट्स राज्य लोटरीको संशोधित सूचनाका अनुसार, पावरबल ज्याकपटको बिजेता चिठ्ठा शिकोपीस्थित प्राईड स्टेशनबाट बिक्री गरिएको थियो जुन बोस्टनबाट करिब ९० माईल पश्चिममा पर्छ। विजेताको नाम अहिले सम्म खुलाईएको छैन।

यसअघि मासाचुसेट्स राज्य लोटरीले हेन्डी भेराईटी मार्फत बिजेता चिठ्ठा बिक्री भएको जनाएको थियो र पछि संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij