
एजेन्सि /अमेरिकाको सशस्त्र फौजमा तेस्रो लिङ्गीको भर्ती रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई आदेश दिएका छन्।
रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको छ। गत जुलाइमा ट्रम्पले तेस्रो लिङ्गीलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिइने बताउँदै ट्वीटमार्फत प्रतिबन्ध संकेत गरेका थिए। यस्ता सेनालाई औषधि खर्च तथा अन्य कारणले बोझ थप्ने उनको भनाइ छ।
हाल सेवामा रहेका तेस्रो लिङ्गी सैनिकको भविष्यबारे चाँहि रक्षा मन्त्रालयले निर्णय गर्नेछ।
सैनिक सेवामा रहेका महिला तथा पुरुषले लिङ्ग परिवर्तन गराउने शल्यक्रियामा पनि रोक लगाउन ट्रम्पले आदेश दिएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij