२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पोउवा संघको राहत कोषमा ८ लाख ५० हजारभन्दा बढी संकलन

पोउवा संघको राहत कोषमा ८ लाख ५० हजारभन्दा बढी संकलन

1.4K
Shares

अर्थ नेपाल पोखरा/पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले २ लाख रुपैयाँ प्रदान गरेको छ ।
एनवाइइएफ पोखराका अध्यक्ष ज्ञानेश्वरलाल श्रेष्ठले सो रकम बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गरे । एनवाइइएफले यसअघी नै सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा भूकम्पबाट भत्किएको कृस्तीको बख्रेकमा रहेको बखे्रक आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको भवन निर्माण गरेको थियो  । राहतकोषमा प्रदान गरिएको यो अहिलेसम्मकै ठूलो रकम हो । रकम ग्रहण गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले युवा उद्यमीबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै कोषको रकम बाढी पहिरो पीडितको लागि सक्दो छिटो प्रदान गरिने जानकारी दिए ।
यसैगरी सो कोषमा पोउवा संघको महिला उद्यमी विकास उपसमितिबाट ५० हजार रुपैयाँ प्रदान गरिएको छ । समितिका संयोजक सीता बरालले सो रकम संघका अध्यक्ष पालिखेलाई हस्तान्तरण गरिन । हालसम्म ८ लाख ५० हजार ८ सय ६५ रुयैयाँ जम्मा भई सकेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । यसअघि नै सो कोषमा ओम डेभलपमेण्ट बैंकबाट १ लाख ५०हजार, पोखरा उद्योग वाणिज्य संघबाट १ लाख ५८ हजार, गण्डकी जग्गा आवास विकास संघ १ लाख ,गीता मन्दिर योग समितिबाट ३०हजार ८ सय,हाम्रो सहयोगी वचत तथा ऋण सहकारी संस्थाबाट ३०हजार , कुर्सिला थामीबाट २५हजार रुपैयाँ,कपडा व्यवसायी संघ कास्कीबाट १५ हजार १ सय,बुद्ध विसाल बजार व्यवसायिक एसोसियसनबाट ५हजार, फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट ५हजार, नयाँबजारका कृष्णकुमार मुल्मीबाट १हजार ५ सय ५५, पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघबाट १५ हजार २ सय ५ रुयैयाँ,रेन्बो ह्याण्डीक्राफ्टबाट ५ हजार, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहबाट १० हजार ५ रुपैयाँ, सर्वेश्वर व्यवसायी समितिबाट १०हजार, फर्निचर तथा फर्निसिङ व्यवसायी संघबाट १०हजार १ सय, खुद्रा तथा किराना व्यवसायी समितिबाट १५ हजार १ सय ,नेपाल सुनचाँदी, रत्न तथा आभुषण संघबाट १० हजार, पोखरा मल व्यवसायी संघबाट ५ हजार रुपैयाँ प्राप्त भई सकेको छ । बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij