२०८३ मंसिर १२ शुक्रबार

Nov 27 2026 Friday

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

240
Shares

काठमाडौं -मंसिर ११ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले यस दिन एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद शेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात एनआईसी एशियाको शेयरमूल्य २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा एनआईसी एशियाको शेयर प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आइएमई लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij