२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

यूएईले दियो नेपाललाई १२२ रनको लक्ष्य

यूएईले दियो नेपाललाई १२२ रनको लक्ष्य

310
Shares

काठमाडौँ -एसीसी राइजिङ स्टार्स कपको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १२१ रनमा समेटेको छ। नेपाली स्पिनरहरूको प्रभावकारी बलिङका कारण यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएपछि नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको हो।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन-तीन विकेट लिए। सन्दीपले आफ्नो १० ओभरको बलिङमा ११ रन मात्र खर्चिए। युएईविरुद्ध नेपालले पाँच जना स्पिनरलाई बलिङमा प्रयोग गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले सुरुवाती ११ रन जोड्दा दुई विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे। अंश टन्डन १ रन बनाएर रनआउट भए।

सुरुवाती दबाबपछि हरप्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै युएईको पारी सम्हालेका थिए। उक्त साझेदारी सन्दीपले तोडेपछि यूएईले नियमित अन्तरालमा विकेट गुमायो।

यूएईका लागि सेहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रितले ३२ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। टोलीका आठ खेलाडी दोहोरो अङ्कमा पुग्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij