काठमाडौँ – मंसिर ५ गते हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका सबै टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंसिर ४ गते जारी गरेको विज्ञप्तिअनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट किन्न खोजेका थिए। क्रिकेट मैदानको क्षमताअनुसार सीमित संख्यामा टिकट उपलब्ध भएकाले ती केही मिनेटमै बिक्री भएको क्यानले जनाएको छ।
टिकट किन्न नपाएका दर्शकलाई क्यानले आधिकारिक अनलाइन माध्यमबाट फाइनल खेल हेर्न आग्रह गरेको छ। दर्शकलाई परेको असुविधाप्रति संघले क्षमा मागेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij