२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

नेप्से ५.४५ अकंले घट्यो, ८ अर्ब ८९ करोडको कारोबार

नेप्से ५.४५ अकंले घट्यो, ८ अर्ब ८९ करोडको कारोबार

185
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४५ अकंले घटेर २६९० बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको २ करोड २८ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचकमा सुधार देखिएको छ भने ५ उपसूचकमा हरियाली आएको छ । विकास बैंक, म्युचुअल फण्डको शेयर सर्वाधिक बढेको हो ।

शुक्रबार १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij