काठमाडौं – नेपाली बजारमा कार्तिक १३ गते, शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij