२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

नेपाल बैंकका सम्पूर्ण सेवा सात घण्टा बन्द हुने

नेपाल बैंकका सम्पूर्ण सेवा सात घण्टा बन्द हुने

290
Shares

काठमाडौं -शाखा समायोजनसम्बन्धी प्राविधिक काम र तथ्याङ्क स्थानान्तरण गर्न नेपाल बैंकले आफ्ना सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ ।

बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म सेवा बन्द रहनेछ ।

सेवा बन्द रहने अवधिमा बैंकिङ कारोबार गर्न नसकिने भएकाले आवश्यक काम समयमै सम्पन्न गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ । प्राविधिक काम सकिएपछि सेवा पुनः सञ्चालनमा आउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij