काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.९४ अंकले बढेर २ हजार ६३० बिन्दुमा कायम भएको छ। यस दिन ३६० कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।
आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ। बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहँदा नेप्सेमा सामान्य सुधार मात्रै देखिएको हो।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २१ करोड माथिको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij