काठमाडौं – दशैँ बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.३४ अङ्कले घटेर २ हजार ६२९.८२ बिन्दुमा कायम भएको छ। आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२१ प्रतिशत घटेको छ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij