२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै

राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै

195
Shares

काठमाडौँ – नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो।

बैंकले अर्को प्रणाली पुनः सञ्चालन नभएसम्मका लागि तोकिएका इमेल ठेगानामार्फत गुनासो पठाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले गुनासो तथा समस्या जानकारी गराउन प्रणालीअनुसार छुट्टाछुट्टै इमेल ठेगाना तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij