२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

150
Shares

काठमाडौँ -नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ । युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा कायम भएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा तथा स्विस फ्रयांक एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा रहेको छ ।

खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तथा जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

त्यस्तै, मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा तथा थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij