२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

160
Shares

काठमाडौँ- आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गर्नुभयो । लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij