२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

शेयर बजार अब ९ दिनपछि ९ गते मात्रै खुल्ने

शेयर बजार अब ९ दिनपछि ९ गते मात्रै खुल्ने

500
Shares

काठमाडौं – बडादसैँका अवसरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार ९ दिन सेयर कारोबार बन्द रहने भएको छ। असोज ३१ गते फूलपातीदेखि बन्द हुने सेयर बजार कात्तिक ९ गते सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आउनेछ।

दसैँ बिदा र नियमित साप्ताहिक बिदा परेकाले सेयर बजार लामो समय बन्द रहने भएको हो। असोज ३१ गते शनिबार फूलपाती परेको छ। त्यसपछि कात्तिक १ र २ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजया दशमी मनाइनेछ। त्यसैगरी, कात्तिक ५ र ६ गते दसैँ बिदा तथा ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा रहनेछ।

यसरी असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म कारोबार बन्द रहनेछ भने कात्तिक ९ गते सोमबारदेखि बजार खुल्नेछ। यस्तै असोज २९ र ३० गते भएका सेयर कारोबारको राफसाफसमेत कात्तिक ९ गतेपछि मात्रै हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij