काठमाडौं- मन्त्रिपरिषद्को बैठकले जापानको आईची–नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेड एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने समेत निर्णय गरेको छ।
यसका साथै बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने र नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij