२०८३ असोज २२ बिहिबार

Oct 08 2026 Thursday

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकको लाभांश घोषणा

265
Shares

काठमाडौं – एनएमबि बैंक लिमिटेडको असोज २१ गते बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

बैठकले बैंकको साधारण शेयरतर्फ चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (कर सहित) र एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयर–८.२५% तर्फ चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

बैंकको साधारण शेयरतर्फ चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७.२० रुपैयाँ रहेको छ भने अग्राधिकार शेयरतर्फ चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरुमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij