२०८३ असोज २२ बिहिबार

Oct 08 2026 Thursday

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

215
Shares

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज २२ गते विहीबारका दिन, एलिस रिसेप्सन गैरीधारा, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

जसमा बैंकको हाल कायम जारी तथा चुक्ता पूँजीको ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ८८ करोड पुग्ने भएको छ ।

साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल,सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल रहेका छन् । यसैबीच, आजै बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले आ.व.०८२/८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij