२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

360
Shares

काठमाडौं – ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ ।
यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराज मार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका डेबिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत न्यूनत्तम रु. १९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम रु. ७५० छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरुले न्यूनत्तम रु. १९९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकत्तम रु.१००० छुट प्राप्त गर्नेछन् । यो योजना हरेक सोमबार मात्र लागु हुनेछ भने सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरुले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्नेछन् ।
यस प्रकारका योजना मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैकिङ्ग सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकहरुलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मुल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij