२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा

390
Shares

काठमाडौँ- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही असोज १ देखि १५ गतेसम्मको उपहार आज घोषणा भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो ।

नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई रु १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले रु २१ हजार बराबरको ल्युब आयल (इञ्जिन आयल) खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारमा छनोट भएको हो । उहाँलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

आन्तरिक राजस्व विभागका अनुसार यही असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका तीन करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए । जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार सङ्ख्या दुई लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार सङ्ख्या तीन करोड १५ लाख ७० हजार ३०७ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij