काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९० अकंले घटेर २५८७.२५ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोडको कारोबार भएको हो ।
शुक्रबार ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९को इकाई कारोबार भएको छ । आज यसको २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १४ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij